पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ५ जना पुरुष र २ जना महिला रहेका छन् । जसमा काठमाडौंका ८८ वर्षीय पुरुष र ८५ बर्षीया महिला गरी दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी मोरङका ६६/६६ वर्षीय दुई पुरुषको पनि मृत्यु भएको छ । त्यस्तै नवलपरासीका ३१ वर्षीय पुरुष, ललितपुरकी ६६ बर्षीया महिला र भक्तपुरका ८२ बर्षीय पुरुषको पनि मृत्यु भएको छ ।योसँगै देशभर कुल मृतकको संख्या ३ सय ९० पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०.६३ प्रतिशत हो ।