च्याङ्ग्राका लागि प्रख्यात मुस्ताङबाट यसबर्षको दशैंलाई लक्षित गरी खाद्य व्यवस्था तथा ब्यापार कम्पनीलेले १४ सय च्याङ्ग्रा लैजाने भएको छ ।

हरेकबर्ष दशैतिहारलाई लक्षित गरी खसीबोका र च्याङ्ग्रा खरिद गदैं आइरहेको संस्थानले मुस्ताङबाट आउने च्याङ्ग्राको माग अत्याधिक भएकाले अन्य क्षेत्रबाट खसीबोका र मुस्ताङबाट मात्रै च्याङ्ग्रा खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभाग प्रमुख शर्मिला सुवेदीले बताईन् ।

हरेक वर्ष सर्वसुलभ रुपमा विक्री गर्दै आएको संस्थानले यो वर्ष ३ हजार खसीरबोका र च्याङ्ग्रा खरिद गर्ने सुबेदीको भनाई छ ।

जसमा १४ सय च्याङ्ग्रा र १६ सय खसीरबोका खरिद सुरु गरेको छ । यस पटक खाद्यले खसी बोका खरिदका लागि अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ।

गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो। कम्पनीले विगत वर्षहरुमा दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट खसी बोका ल्याउने गरेको छ ।

विगतको बर्षको तुलनामा यसबर्ष मुस्ताङमा तिब्वत र डोल्पा लगायतका जिल्लाबाट च्याङ्ग्राको खपत नभएकाले संस्थापछि ब्यापारी बिच खोसाखोस हुने बताइएको छ । ब्यापारी अहिलेसम्म सहजै मुस्ताङ जान पाएका छैनन् ।

म्याग्दी सहित देशभरका ब्यापारीहरु कोरोनाको जोखिम र नाकामा कडाई भएकाले पिसिआर रिर्पोटले सहज आवतजावत हुने वातावरण भएमा मुस्ताङ जाने तयारीमा छन् ।