काठमाण्डौ – सरकारले बागलुङ र सिन्धुपाल्चोकलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनः निर्माण गर्ने भएको छ । मंगलबारको मन्त्री परिषद बैठकले यी दुई जिल्लालार्य विपद्ग्रस्त क्षेत्रको रुपमा घोषणा गरी नोक्सानको मुल्याङ्कन गर्ने र पुनःनिर्माणको काम अगाडी बढाउने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बताए ।

मनसुन सुरु भएको जेठ ३० गतेदेखि अहिलेसम्म प्राकृतिक विपदमा परेर देशभर अहिलेसम्म तीन सय ४० जनाको ज्यान गएको छ । ९९ जना अझै हराइरहेका छन् । विपदमा दुई सय ९८ जना घाइते भएका छन् । प्राकृतिक विपद्का कारण सबैभन्दा धेरै सिन्धुपाल्चोक र बाग्लुङ जिल्ला प्रभावित भएका छन् ।उज्यालो अनलाईनबाट