आफ्नो जन्मदिनमा महंगो खर्च एक किसिमको फेसन जस्तै भइरहेको अवस्थामा अमेरिकामा रहेकी बेनी नगरपालिका-२ ज्यामरुककोटकी अञ्जना रिजालले काठमाण्डौका भोकालाई भोजन दिएर जन्मदिन मनाएकी छन् ।

काठमाण्डौको पशुपतिनाथ मन्दिर आसपासमा रहेका करिब ४ सय जनालाई म्याग्दीकी सपना रोका मगरको सहयोगमा श्रमिक तथा असहाय र बेसाहरा मानिसलाई खाना खुवाएर जन्मदिन मनाएकी हुन् ।

काठमाण्डौमा दैनिक अनौपचारिक क्षेत्रमा श्रम गरेर पालिनेहरूको अवस्था दयनीय देखेर म्याग्देली चेली सपनाको अभियानलाई सहयोगसँगै जन्मदिनमा रचनात्मक कार्य गर्ने गरी सहयोग गरेको अञ्जनाले बताईन्।

‘सडकमा मजदुरहरु दुई छाक भातका लागि तड्पिरेका छन्,‘मैले जन्मदिनको अवसरमा सानो सहयोग गरेको छु’ रिजालले भनिन् ।

म्याग्दीको मंगला गाउँपालिका–३ बरंजा घरभई हाल काठमाण्डौमा बेवारिसे शबको अन्त्येष्टी र सडकमा भोकभोकै हिड्नेलाई भोजन गराउने अभियानमा जुटेकी रोका मगर, विजयजंग बस्नेत लगायतको अभियानलाई जन्मदिनको अवसरमा सघाएको आनन्द रिजालले बताए ।

उनले म्याग्देली चेलीको अभियानबाट उत्साहित भएर सहयोग तथा भोजन गरेको बताए । यसैबीच अभियान्ता रोकामगरले म्याग्देलीले समेत काठमाण्डौमा रहेका भोकाहरुलाई भोजन गराउने अभियानमा साथ दिएको बताउँदै आफ्नो अभियानले जिल्लाबासाीलाई समेत उत्साहित गराएको बताईन् ।

सामान्य अवस्थामा पसिना बगाएर परिवार पाल्ने मजदुर रोजीरोटीको मेलो बन्द भएपछि मारमा परेको अवस्थामा सहयोगी संस्थामार्फत खाना खुवाउन थालेको उनले बताईन् । पशुपति क्षेत्रमा ज्यामरुककोट समाज म्याग्दीका सचिव दिर्घप्रसाद रिजाल, योगेन्द्र थापा लगायत म्याग्देलीको उपस्थिती रहेको थियो ।