काठमाडौं । नेपालमा आज थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन् । यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन् ।