सुनसरीमा ५० जना मलामी गएर दाहसंस्कार गरिएकी ६२ वर्षीया महिलाको तीन दिनपछि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । दुहवी नगरपालिकाकी ती महिलाको असोज ५ गते कोशी अस्पतालमा मृत्यु भएको थियो।

उपचारको क्रममा मृत्यु भएकी महिलाको कोरोनाले मृत्यु भएपनि मृतकलाई र उनका आफन्तलाई तीन दिनसम्म थाहा नभएको बताइएको छ । कोशी अस्पतालका डा. ललित नारायण चौधरीले महिलाको मृत्युपछि लिइएको स्वावको परीक्षण रिर्पोट पोजेटिभ आएको जानकारी दिए । कोरोना रिपोर्ट पोजेटिभ आएपछि मलामी गएकाहरु तनावमा रहेका छन् ।