पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला रहेका छन् । जसमा मोरङकी ६० वर्षीया महिला र ५५ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौंकी ७५ वर्षीया महिला, कपिलबस्तुकी ७० वर्षीया महिला, सप्तरीका ७० वर्षीय पुरुष र ललितपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।योसँगै देशभर कुल मृतकको संख्या ४ सय ५९ पुगेको छ । यो मृत्युदर संक्रमित हुनेहरुबाट ०।६५ प्रतिशत हो ।