म्याग्दीलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणामा दवाव दिन कांग्रेस सभापति देउवालाई पत्र

0

नेपाली कांग्रेसले पार्टीको केन्द्रिय सभापति शेरबहादुर देउवामार्फत म्याग्दीको नामै टिकेर जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणाको दबाब दिन अनुरोध गदैं ज्ञापनपत्र बुझाएको छ ।

सरकारबाट बागलुङ र सिन्धुपाल्चोक जिल्लालाई मात्रै सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै पार्टी सभापति खम्बीर गर्बुजाले पूर्व प्रधानमन्त्री समेत रहेका देउवा निवासमा पुगेर म्याग्दीको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

ज्ञापनपत्र बुझ्दै पार्टी सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँर्ग प्राकृतिक विपत्ती लगायत विभिन्न विषयमा छलफल हुने गरी कार्यक्रम तय भएकाले म्याग्दीको मागलाई सम्बोधन गर्न समेत ध्यानार्कषण गराउने प्रतिबद्धता जनाएको नेपाली कांग्रेस म्याग्दी काठमाण्डौ सम्पर्क समितिका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

‘म्याग्दीको समस्यालाई प्रधानमन्त्रीलाई भेटेरै राख्नु, यो पत्र नै लिएर जान्छु’ सभापति देउवाको भनाई उद्धित गदैं केसीले भने ।

कांग्रेसले धेरै मानवीय क्षती हुने जिल्ला भएकाले सरकारले नामै लिएर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने माग गदैं जिल्ला प्रशासन कार्यालयबाट समेत ज्ञापनपत्र पठाएको छ ।

असार महिनाको २५ गते मात्रै मालिका र धवलागिरी गाउँपालिकामा बाढीपहिरोबाट २९ जना र जिल्लाभर गरी हालसम्म ३१ जनाले ज्यान गुमाइसकेका छन् भने ६ जना अझै बेपत्ता छन् ।

जिल्लाभर १ सय ७० घरधुरीले विस्थापित जिवन विताइरहेका छन् । ज्ञापनपत्र बुझाउनका लागि मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, नेपाली कांग्रेस जनसम्पर्क समिति काठमाडौँका अध्यक्ष चित्र केसी, जिल्ला कार्यसमिति सदस्य बलभद्र ढकाल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply