बेनी नगरपालिका-३ भकिम्ली (साविकको भकिम्ली गाविस-९) तोराखेतमा शुक्रबार साँझदेखि निरन्तर पहिरो खस्न थालेपछि आसपासका क्षेत्रका बासिन्दा त्रसित भएका छन्। लगातारको अविरल बर्षासँगै शुक्रबार दिउँसोदेखि खस्न सुरु भएको पहिरो रोकिएको छैन ।

बगरफाँट, जरुवा गाउँको शिरानमा रहेको तोराखेतबाट ठूलो आवाज निकाल्दै एक्कासी पहिरो खस्दा स्थानीय त्रसित भएको पत्रकार धुब्रसागर शर्माले बताए। ‘ड्याङगुडुङको आवाज आइरहेको छ,‘आसपासका क्षेत्रका बासिन्दाहरुलाई सर्तक रहन प्रहरीले अनुरोध गरेको छ’ शर्माले भने ।

बगरफाँट बस्तीलाई हाल जोखिम नभएपनि बगरफाँटदेखि दुधेखोलासम्मको खण्डमा आवातजावत गर्ने सर्वसाधारणले सतर्कता अपनाउनुपर्ने स्थानीयको भनाई छ । बगरफाँट, सुर्केमेला, बरंजा सडकमा सामान्य असर गरको छ ।

पहिरो खस्न थालेपछि प्रहरीको गएको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताए । उनका अनुसार रातको समयमा पहिरो खस्ने स्थानबाट आवतजावत रोकिएको छ । तोराखेतको पहिरोले हरेक वर्ष वर्षायाममा गाउँलेलाई त्रसित बनाउने गरेको छ । डेढदशक अगाडीदेखि सुरु भएको तोराखेत पहिरोले गाउँ नै विस्थापित भएको छ भने सयौँ रोपनी खेतीयोग्य जमिन पहिरोसँगै बगेको छ । File photo

Leave a Reply