सुमधुर स्वरका धनी म्याग्देली गायक प्रकाश दुतराजको ‘डाँडै काटेर’ गीतको म्युजिक भिडियो बजारमा आएको छ। म्याग्दीको मंगला गाउँपालिका-५ अर्मन घर भएका दुतराजले पन्चेबाजामा आधारित उक्त गितमा युवा युबतिको असफल प्रेम,बिबाह र यस पछी आउने उतार चडाबका बिषयहरुलाई म्युजिक भिडियोमा देखाईएको बताए ।

‘गितसंगीतले धेरै सिकाएको छै, अहिले राम्रो प्रतिक्रिया आइरहेको छ’ उनले भने । लोक गीतसंगीतका लागि जम्दै गएका दुतराजले एक पछि अर्को कोशेलीमा आफूलाई अब्बल र सफल सावित गरिरहेका छन् । यसअगाडीको ‘बैनी झ्यालैमा’ ‘जाममायाँ बेनीको बजार’ निकै लोकप्रिय भएको थियो ।

गीत लेख्न, गाउने, संगीत भर्ने मात्र कला होइन भिडियो निर्देशन समेत गर्ने दुतराजले अर्को कोशेलीको तयारी समेत गरेको बताए । प्रकाश दुतराज र प्रिया सारु मगरको स्वर रहेको उक्त गितको म्युजिक एरेन्ज कृष्ण बिकले गरेका छ्न । गितमा कलाकार दिप सागर जुना गुरुङ र सुमित्रा गुरुङको जिवन्त अभिनय रहेको छ ।

Leave a Reply