गण्डकी प्रदेशका चार जिल्लामा शनिवार १५ जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो विवरण अनुसार कास्की, तनहुँ, मनाङ र लमजुङमा नयाँ संक्रमित देखिएका हुन् ।

कास्कीको पोखरा महानगरपालिकामा १० जना, तनहुँको शुक्ला गण्डकी र भानुमा एक/एक जना, लमजुङको दुधपोखरी र राइनाशमा एक/एक जना तथा मनाङको चामेमा एक जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । मनाङको चामेका ३१ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।

बाँकी सबै कन्ट्याक ट्रेसिङ र क्वारेन्टाईनबाट पहिचान भएका संक्रमित हुन । उनीहरु सबैलाई आईसोलेसन लैजाने तयारी भैरहेको छ । यो सँगै पछिल्लो विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ६६० पुगेको छ ।