देशको अर्थतन्त्र धान्न रेमिट्यान्सको ठुलो भूमिका छ । दैनिक हजारौँको सङ्ख्यामा वैदेशिक रोजगारीमा नेपाली बाहिरिने गरे पनि अहिले कोरोनाका कारण ठप्प छ। नेपालबाट सुन्दर भविष्यको खोजीमा विश्व बजारमा श्रम तथा व्यापार ब्यबसाय गर्न पुगेका नेपालीहरुले अकालमै ज्यान गुमाउने गरेको तथ्यॉक सार्वजनिक हुँदै आएको छ ।

वैदेशिक रोजगारीकै क्रममा कतारमा रहेका करिब साढे तिन लाख नेपाली मध्यबाट जनवरी २०२० यता १०९ जनाले विभिन्न कारणले ज्यान गुमाएको जानकारी नेपाली राजदूतावासका दित्तिय सचिव भुवन भट्टले दिएका छन् ।

भट्टका अनुसार कतारमा १८ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ति मध्य एक जना बेनी नगरपालिका ५ पुरुन्यका मंगले दर्जि रहेका छन । उनी सहित परिवारको सहमतिमा सबैको कतारमै अन्त्येष्टि गरिएको छ ।

उनीहरूसँगै विभिन्न कारणले मृत्युवरण गरेका थप १२ जनाको पनि कतारमै अन्त्येष्टि गरिएको छ । लकडाउन यता कतारबाट विभिन्न उडानमा ७५ वटा लास नेपाल पठाई सकिएको छ भने ४ जनाको लास अझै कतारको सब गृहमा रहेको र प्रक्रिया पुराएर नेपाल पठाईने भएको छ।