बाँझो जग्गाको सदुपयोग गर्नेलाई कृषि ज्ञान केन्द्र म्याग्दीले नगद अनुदान दिने भएको छ। कृषि व्यवसायमा आकर्षण बढाउन र गाँउघरमै रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक ७७÷८८ मा म्याग्दी र मुस्ताङलाई २४ लाख बजेट विनियोजन गरेको छ ।

दुवै जिल्लामा बाँझो जग्गामा ब्यवसायीक खेती प्रोत्साहन कार्यक्रम अन्तरगत तीनबर्षसम्म लगातार बाँझो राखिएको जग्गालाई स्थलगत अनुगमनपछि न्यूनतम ३ हेक्टर जमिनलाई प्रति हेक्टर ३ हजार अनुदान दिने केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए ।

‘बाँझो जग्गाको सदुपयोगका लागि थुप्रै कार्यक्रम छन्,‘जमिनको सदुपयोग गर्नेलाई अनुदानको कमी छैन’ पाण्डेले भने । उनका अनुसार मुस्ताङको तुलनामा म्याग्दीमा धेरै जग्गा बाँझो रहेकाले अनुदानसँगै अन्य कार्यक्रमबाट समेत जमिनको सदुपयोग गर्न सकिने बताए ।

‘केन्द्रमा अनुदानै अनुदानको कार्यक्रम छ,‘जमिन बाँझो रहेकालाई सम्पर्क गर्न अनुरोध गछौं’ पाण्डेले भने । उनले बाँझो जग्गाको सदुपयोग गर्ने समुहिक टोलीलाई तरकारी, प्राङ्गारिक मल, फलफुल लगायतका अन्य अनुदानसँग समेत जोड्न सकिने केन्द्रले जनाएको छ ।

एउटै किसानलाई धेरै अनुदानका कार्यक्रम भन्दा पहिलोपटक अनुदानमार्फत कृषि खेतीमा सक्रिय हुनेलाई प्रोत्साहन गरिने केन्द्रको भनाई छ ।

जमिनको क्षेत्रफल र लगाइने बालीको आधारमा अनुदान रकम वितरण गरिने भएकाले खाद्यान्न बाली र तरकारी बाली अन्तर्गतका अनुदान समेत दिन सकिने जनाएको छ ।

आव ७७÷८८ को बार्षिक स्वीकृति कार्यक्रमको सार्वजनिकण कार्यक्रममा खुल्ला जमिनमा तरकारी खेती गर्ने कृषकले प्रति रोपनी ३ हजार र प्लाष्टिकको घरभित्र गर्ने कृषकले प्रति १ सय बर्गकिलोमिटरले ३ हजार प्रोत्साहन नगद प्राप्त गर्ने जनाइएको छ ।

केन्द्रमार्फत बार्षिक करिब ११ करोड बजेटमा म्याग्दी र मुस्ताङ जिल्लामा किसानकै हातमा पुग्ने करिब ९ करोड बजेट रहेको छ ।

File photo