कतारको कर्नेसमा मनोरन्जनका नाममा जाने केही नेपालीका गतिबिधीले कतारको कानुन उल्लघंन भै रेहको छ । लगातार एक महिना देखी पर्यटकिय स्थल कोर्नेचलाई प्रत़्यक्ष नियाल्दा यो कुराको पुष्टि भएको हो ।

ति गतिबिधी बिरुद्द एक सचेत नागरीकको हैसियतमा गत हप्ता नेपाली राजदुतावास कतारका महामहिम राजदुत तथा नियोग उपप्रमुख ज्युलाई समेत नेपालीले घटाएका घटना तथा गतिबिधी पुष्टी हुने गरी भिडियो तथा लिखित निवेदन समप्रेषण गरेको थिए ।

उक्त कुराको जानकारी एनआरएनए कतारका प्रथम उपाध्यक्ष एबम श्रमिक बिभाग संयोजक उत्तम गुरुङ् लाई समेत गराएको थिए ।

हुन त कर्नेस धेरै गुनिलो छ । हप्ता दिनमा हुने कामको थकान मेट्न तथा केही मनोरञ्जन गर्न कर्नेस पुग्ने गर्छन् युवायुवती। कतिपय युवायुवती त्यहीँ टिकटक खिचेरै स्टार बनेका छन् भने कतिले विबिध सामाग्री बेचेर गुजारा चलाउने पैसा समेत कमाएका छन् ।

कर्नेसले कहिल्यै कसैलाई भेदभाव गरेन, सधैँ आकर्षित गर्यो तर कर्नेसको स्वतन्त्रताको दुरुपयोग गर्दै सुन्दर कर्नेसलाइ नेपालीहरुले कुरूप बनाइरहे ।

पर्यटकीय आकर्षणको केन्द्र पनि हो। क्षितिजबाट अस्ताउँदै गरेको सूर्य, पारिपट्टि अग्ला अग्ला घर। लस्करै पार्किङ गरिएका आकर्षक डुङ्गाहरू, चर्को स्वरमा बज्ने नेपाली हिन्दी गीतहरू उक्त स्थानमा युवायुवती तथा पर्यटकलाई लोभ्याउने मुख्य स्रोत हुन ।

किनारैमा रहेको हरियो दुवो र चर्को घामलाई छेकेर ओझेल पार्दिने खजुरका रुख १ यही मुनि नेपालीहरूको हाट बजार लाग्छ । कतिले त कर्नेसलाई नेपालीको ूठमेलू नामकरण गरेका छन् । ठमेल यस कारण पनि भनेका हुन कि यहाँ नपाउने कुनै बस्तु हुँदैन ।

चटपट, पानी पुरी, मम, चाउमिन, सेल रोटी अचार, टिम्मुर हालेको चटनी, सुकुटी र पानीको बोतलमा अवैधानिक ूझम्के झोलू । यी बेच्न बस्ने अधिकांश युवतीहरू हुन्छन् भने तिनका ग्राहक तिनै डुङ्गामा थकान मेटन नाच्न जाने युवायुवतीहरु । कतारको कर्नेसमा हुने हरेक झगडाको मुख्य कारण झम्के झोल र सुन्दर युवति नै हो भन्ने पुष्टि भएको छ ।

कर्नेसको बिषयलाई लिएर गैर्ह आवासीय नेपाली संघ कतारले पछिल्लो समयमा कतारको कर्नेस परिसर र सामुन्द्रीक डुङ्गामा शुक्रबारका दिन नेपालि दाजुभाई र दिदिबहिनीहरुले देखाएका उछृङ्खल क्रियाकलापबाट सृजित भएका घटनाका बारेमा दुतावासमा ध्यानआकर्षण समेत गरायो ।

त्यसको भोलीपल्ट गत बुधबार नेपाली राजदुतावासले एक बिज्ञप्ति सार्वजनिक गर्दै कतारको संस्कृति तथा नियम कानुन विपरीत कतारको प्रमुख आकर्षण रहेको कर्नेसलगायत सार्वजनिक स्थलहरुमा विशेष गरि सप्ताहन्तमा भेला भई अमर्यादित, उच्छृङ्खल र असामाजिक रुपले प्रस्तुत हुने तथा झैझगडा समेत गर्ने गरेको र त्यस्ता घटनाहरु सामाजिक संजाल मार्फत सार्वजनिक हुने गरेको विषयमा नेपाली राजदुतावास, दोहाको गम्भीर ध्यानाकर्षण भएको र सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने ।

बेचबिखन गर्ने,होहल्ला तथा झैझगडा गर्ने,अमर्यादित क्रियाकलापमा संलग्न हुने गरेको लगायतका घटनाको परिणाम स्वरुप व्यक्ति स्वयमले स्थानीय कानुन बमोजिम कामकारबाहीको भागिदार हुनुपर्ने भन्दै सचेत गराउदै नियोगले यस्ता घटनाले समस्त नेपाली समाज र नेपाल रास्ट्रकै प्रतिष्ठा र मर्यादामा गम्भीर आच पुर्याउनुका साथै कतारमा रहेका अन्य समुदायका बिचमा नेपाली समुदायको छबिमा नकारात्मक सन्देश प्रवाहित हुन जाने बताएको थियो।

नियोगले यस्ता खालका क्रियाकलापहरुमा संलग्न नहुन र यस्ता प्रयासहरुलाई हतोत्साह गर्न गराउन हुन कतारबासी सबै नेपाली नागरिक तथा नेपाली समुदायका विभिन्न संघसंस्थाहरुमा अनुरोध गर्दै आगामी दिनहरूमा यस्ता क्रियाकलापहरु जारी रहेको पाइएमा कतारको स्थानीय प्रशासनलाई त्यस्ता क्षेत्रको निगरानी गर्न लगाइ संलग्न व्यक्तिहरुलाई स्थानीय कानुन बमोजिम कारबाहीका लागि अनुरोध गर्न राजदुतावास बाध्य हुने भनि सचेत गरायो ।

त्यो अनुरोध कति प्रभावकारी रह्यो भन्ने कुराको निक्यौल गर्न गएको शुक्रबार सॉझ पुनस् ५ बजे म कर्नेस अर्थात नेपालिको ठमेल पुगेको थिए ।

मलाई ४७ डिग्रीको गर्मिले प्याकप्याक्ति पाऱ्यो तर युवायुवति डुङ्गामा भैगो तिमी संग पिरीम नलाउनी भन्दै कम्मर जोडेरै नाचीरहे । कर्नेस लाई नियाल्ने क्रममा एनआरएनए कतारका प्रथम उपाध्यक्ष एबम श्रमिक बिभाग संयोजक उत्तम गुरुङ्लाई भेटे ।

केही बेर उनीसंग भलाकुसारी भयो, गुरुङ्ले युवाहरुको टोली बनाउदै त्यहॉ अराजक गतिबिधी हुन नदिन र कुनै पनी मुल्यमा लडॉई नगर्न आग्रह मात्र गरेनन उनले कतारको कानुन र पछिल्लो समय त्यहाका गतिबिधी मिडियामा समेत आएको र राजदुतावासले पनी चासो दिई रहेको हुदॉ कुनै पनी बेला गलत कार्य गर्नेहरु पक्राउ परेर डिपोर्ट हुन सक्ने तर्फ सचेत गराए ।

युवाहरुलाई मनोरन्जन गरे पनी कानुनको उल्लघंन नगर्न पटक पटक आग्रह गरे । पसिनाले निथ्रुक्क भिजेका गुरुङ लामो सास तान्दै कर्नेसबाट बाहिरिए तर म त्यही रोकीए । कर्नेसको डुङ्गामा मनोरञ्जन लिने दिने अधिकास युवायुवति नशामा लिप्त रहने कुरा हामीबाट लुकेको छैन । शुक्रबारको साढे २ घन्टाको स्थलगत बसाईका क्रममा चटपटको आडमा झम्केझोलको ब्यापार गर्ने गरेको प्रष्टै देखीयो ।

डिस्पासितो गीतमा मंगोलियन अनुहारकी एक युवति डुङ्गाको अग्र भागमा नाचिरहेकी थिईन । डुङ्गा चालक गित बजाउनैमा ब्यस्त छन तर सहायकहरु वर पार्कसम्म आएर बंगाली लवजमा ूचोल तेरा लिए फिरी कोर्दिया तुम जोयगा बउत लोर्का आएगाू भन्दै केही युवतिलाई तानेरै डुङ्गामा लग्यो ।

सॉझको सात बजे सम्म शान्त बनेको कोर्नेच एकाएक रणभुमिमा परिणत भयो बिगतका तिन हप्तामा जस्तै । केही युवाहरुको समुहले छेवकै युवालाई निर्मम तरिकाले हिर्काएर ढलाए ।त्यही बेला नेपाली दुतावासको बिज्ञप्ति, एनआरएनए कतारको ध्यानकर्षण सम्झे ।

यता मैले ति सबै कागजका खोस्टा सम्झि रहदॉ उता ति एक युवालाई ४र५ जनाको समुहले नराम्रो संग कुटपिट गरेपछी पुलिस आयो भाग भनेर कराईदिए पछी भिड तितरबितर त भओ तर दुई मिनेटमै ति युवा र तिनका साथीलाई कुट्न केही नयॉ अनुहार सहितका युवाहरु फेरी हुल बॉधेर आएर प्रहार गर्न सुरु गरे तर त्यो बेला केही पाकिस्तानी नागरीकले भिड तितर बितर पारे तर कोर्नेच अबेर सम्म भागदौड सहित तातीरह्यो।

कर्मथलो कतारले दिएको न्यानोपन र स्वतन्त्रता नेपालीलाई पाच्य नभएको मैले महसुस गरेको छु ।

कतार जस्तो ठॉउमा लडॉई झगडा गरेर डुङ्गाबाट समुन्द्रमा मान्छे फाल्ने रु यतिबिधी अराजक गतिबिधी गर्ने शक्ति प्राप्त हुने त्यो झम्केझोललाई नियन्त्रण र अनुगमन गर्ने कस्ले रु हामी नेपाली सुध्रिने कहिले रु हामीले सोच्नु पर्ने के हो भने कोर्नेचमा कानुन उल्लघंन गर्ने १र२ दर्जन नेपालीका कारण कतारमा कार्यरत साढे ३ लाख नेपालीलाई हेर्नेरबुझ्ने नजर फेरीन एक दिन पनी लाग्दैन ।

यस्ले कुटनितिक मर्यादामा ऑचमात्र पुऱ्याउदैन नेपाल र नेपालीलाई हेर्ने कतार तथा अन्तराष्ट्रिय जगतको नजर फेरीन सक्छ ।

कतारमा रोजगारी मार्फत जिबिकोपार्जन तथा जिबनस्तरमा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्य र जिवनको लयमा कहिले फर्कने रु हाम्रो मातृभुमि नेपालमाथी कसैले यसरी सार्वजनिक स्थानलाऊ रणभुमी बनाउदॉ के तपॉईहरु सहन सक्नु हुन्छ रु सक्नु हुन्न भने कतारको न्यानोमायाको अपमान किन गर्नु भएको छ रु गम्भिर भएर सोच्न समेत ढिला भै सकेको छ ।