लालझाडीमा ६० घनफिट काठ बरामद

0

 नेपाल प्रहरीले लालझाडी गाउँपालिका–४ देखतभुली पर्सियाबाट ६० घनफिट अवैध काठ बरामद गरेकाे बताएकाे छ । देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाकाे काठ मिलबाट अवैधरूपमा लुकाएर राखेकाे उक्त काठ बरामद गरिएकाे हाे ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले पाएकाे गोप्य सूचनाकाे आधारमा मिलमा छापा मारेर अवैध काठ आइतबार बेलुका बरामद गरेको बताइएकाे छ । सालका गोलिया, तयारी झ्याल र ढोकाका चौखट, ढोकासहित २३५ थान अवैध काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । प्रहरीले मिल मालिक रानालाई कारबाहिका लागि डिभिजन वन कार्यालय कञ्चनपुर पठाएकाे छ ।

Leave a Reply