गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या झण्डै ३८ सय पुगेको छ ।

चितवन मेडिकल कलेज, चितवन र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा साेमबार थप १८ जना संक्रमितहरुसहित कुल संक्रमित संख्या ३ हजार ७ सय ९५ पुगेकाे हाे।

जसमा नवलपुरकाे गैडाकाेट र कावासाेतीका ७ जना, लमजुङ राइनासका १, तनहुँ व्यासका ८, स्याङ्जाका १ र गाेरखाकाे सहिद लखन थापाका १ जना थपिएका हुन्।

चितवन मेडिकल कलेजमा परिक्षण गराएका सबैजना सोहि अस्पतालको आईसोलेसनमा बसेका छन्।

स्याङ्जा जिल्लाका १ जना संक्रमित पोखराको मणिपाल अस्पतालमा उपचाररत छन्। अन्य सबै जना कन्ट्याक्ट् ट्रेसिङमा फेला परेका हुन्।

प्रदेशका कुल संक्रमितमध्ये ३३ जनाकाे मृत्यु भएकाे छ।