गण्डकी प्रदेश सुनचाँदी ब्यवसायी संघको उपसभापतिमा विश्वकर्मा निर्वाचत

0

म्याग्दीका सफल सुनचाँदी ब्यवसायी जिवनकुमार विश्वकर्मा सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश उप–सभापतिमा निर्वाचित हुनुभएको छ ।

सुनचाँदी ब्यवसायसँगै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मा सुनचाँदी व्यवसायि संघ म्याग्दीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ । विश्वकर्माले ४० मतका साथ विजय प्राप्त गर्नुभएको थियो ।

म्याग्दीमा सुनचाँदी ब्यवसायसँगै सामाजिक संघसंस्थामा समेत आवद्ध विश्वकर्माले आफ्नो क्षमताले भ्याएसम्म सुनचाँदी ब्यवसायीको हकहितमा सक्रिय हुने बताउनुभयो ।

गण्डकी प्रदेश अन्र्तगतका ९ जिल्लाका व्यवसायी सहभागी रहेको अधिवेशनमा कास्की सुनचादी व्यवसायी संघका पूर्व अध्यक्ष चन्द्र किशोर गौतम ३९ मत ल्याएर विजय हुनुभएको थियो ।

Leave a Reply