गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ८ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमित थप भएसँगै कुल संक्रमित संख्या ३ हजार ८ सय १३ पुगेको मंगलबार प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तिमार्फत जनाइएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदबिन्दु शर्माले पछिल्लो समय पोखरामा १४ जना, नवलपुरका ४ जना संक्रमित थपिएको जनाए । जसमा पोखरा ५ का १४ र ३६ वर्षीय पुरुया, ९ वर्षकी बच्ची, वडा ८ का ४९ वर्षीय पुरुष, वडा १७ का २४,३१ र ६१ वर्षीय पुरुष, ५५ र ५६ वर्षीया महिला, वडा १५ का ३३ र ५६ वर्षीया महिला, वर्ष ३४ का पुरुष छन् ।

यस्तै, वडा १३ का २४ वर्षीय पुरुष, वडा २० का ८३ वर्षीय पुरुष पनि संक्रमित छन् ।

उता, नवलपुरको विनयत्रिवेणी नगरपालिका वडा ३ की ७० वर्षीया महिला, १२ वर्षीय पुरुष, वडा ४ का २६ र ५९ वर्षीया महिला संक्रमित भएका छन् ।