थप १० संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

0

 पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४ सय ९१ नाघेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङमा ६८ वर्षीय पुरुष, प्रदेश २ को सर्लाहीमा ७२ वर्षीया महिला र महोत्तरीमा ५८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यस्तै, वागमति प्रदेशको काठमडौंमा ५७ वर्षीया महिला, ६० वर्षीय र ७० वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, चितवनमा ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । यता, प्रदेश ५को बाँकेमा ७६ वर्षीया महिला, ५३ र ३९ वर्षीय पुरुषको मृत्यु भएको छ ।

Leave a Reply