म्याग्दीको मंगला गाउँपालिका-५ अर्मनका नेकपाका ५३ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

नेपाली कांग्रेसको अर्मनमा भएको कार्यक्रममा युवा संघका प्रताप रोका,पूर्व माओवादीबाट वडा उदस्य पदको उमेद्धार कुमारी मल्ल, युवा संघका अध्यक्ष सहति अन्य ५३ जना नेपाली कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।  अर्मनको पाखु, हिलबाङ, छिस्वाङ, पिपलबोट, पोक, कर्सिम्ला र खारपानीबाट मात्र ५३ जना कांग्रस प्रवेश गरेका हुन्।

नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेकालाई नेपाली कांग्रेसका सभापती खम बहादुर गर्बुजा खम्बीर,मंगला गाउाँपालिका सभापती नरसिंङ खत्री, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, जिल्ला सचिव क्या. मिनबहादुर कार्की, सदस्य बलभद्र ढकाल,निर्वाचन क्षेत्र ‘ख’ का सभापती कमल छन्त्याल लगाएतले स्वागत गर्नुभएको थियो। ‘तपाईहरुलाई उचित जिम्मेबारी दिन्छौ,‘पार्टी परिवर्तनलाई कसैले रोक्न सक्दैन’ कांग्रेसका सभापति गर्बुजाले भने ।

उनले जिल्लाभर पार्टीका अभियानलाई तिब्रता दिने समेत बताए । नवप्रवेसीलाई मंगला गाउँकार्यसमितिले समेत उचित जिम्मेबारी सहित पार्टीको अभियानमा सक्रिय बनाउने जनाएको छ ।

म्याग्दीमा पछिल्लो समय कांग्रेस र नेकपा बिच कार्यकर्ता तानातानको अभियान सुरु भएको छ । एकठाउँमा आफ्नो कार्यकर्ता प्रवेश गरेपछि अर्को ठाउँमा पुगेर अर्को पार्टीबाट प्रवेश गराउने होडबाजी नै चलेको छ । सोमबार नेकपाले मालिकामा ८५ जना कांग्रेसबाट प्रवेश गरेको जनाएको थियो ।