म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले ६ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । म्याग्दीमा बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास अभियानमा सक्रिय मोना अन्तराष्ट्रियको खातामा ६ लाख २४ हजार ३ सय रुपैयाँ जम्मा गरिएको मोना अन्तराष्ट्रियका यूरोप संयोजक निरोज कार्कीले बताउनुभयो।

अभियानमा मोना पोर्तुलको केन्द्रबाट ३१ सय १९ र क्षेत्रबाट १४ सय ७७ यूरो संकलन भएको थियो । ‘पीडितहरूको दुखमा मलहम लगाउन मोनामार्फत गरिएको अभियानमा साथ दिने सबैलाई धन्यवाद,‘म्याग्देलीको सुखदुखमा सधै साथमा छौ’ मोना अन्तराष्ट्रियका अध्यक्ष ओमनारायण जुग्जालीले भन्नुभयो ।

हाल म्याग्दीमै रहनुभएका अध्यक्ष जुग्जालीले स्थानीय तहमार्फत बाढीपहिरोबाट विस्थापित भएकाको पुर्नवास सहितको अभियानमा स्थलगत भ्रमणमा रहेकाले त्यसपछि मात्रै मोनाले थप योजना सहित पुर्नवासको काम सुरु गर्ने बताउनुभयो । मोनाको अभियानमा हालसम्म करिब २ करोड गरिमा विकास बैंकको खातामा जम्मा भएको छ ।