डिस होमको डिलर दाईको डिस्काउट अफरबाट पर्वतको कुश्मा नगरपालिका–१ का समर बहादुर नेपालीले एक लाख रुपैयाँ जितेका छन् । डिस होममा डिलर दाईको डिस्काउट अफर अन्तरगत डिस होम एण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरु मध्यबाट हरेक हप्ता २ जना ग्राहकले नगद रु. एक लाख रुपैयाँ प्राप्त गर्दे आएका छन् ।

उक्त अफर अन्तरगत कुश्माका नेपालीले बागलुङ बजार स्थित सुजन बोहोराबाट गत ऋावण महिनामा डिस होमको बार्षिक रिचार्ज गरेका थिए । नेपाली बागलुङमा रिचार्ज गरि उक्त अफर जित्ने पहिलो ग्राहक हुन् ।

उनलाई बुधबार डिस होमको आधिकारीक विक्रेता डिलर ब्रर्दश धवलागिरीका सञ्चालक जित बहादुर शेरचन, डिस होमका कास्की र धवलागिरीका सेल्स अफिसर राजेश ढुंगेल र धवलागिरीको सर्भिस हेड पावना शर्माले उक्त रकम हस्तान्तरण गरेका थिए ।