बागलुङमा शिक्षक र आर्मी सहित थप ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बरेङ गाउँपालिका वडा नम्बर २ का २१ र ३४ बर्षिय दुई जना पुरुष, वडा नम्बर ३ का २५ बर्षिय एक जना पुरुष र ५४ बर्षिय एक जना महिला र बागलुङ नगरपालिका वडा नम्बर २ का २४ बर्षिय एक जना पुरुष र वडा नम्बर १० का ३४ बर्षिय एक जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकल पर्सन याम बरालले जानकारी दिनुभयो ।

फोकल पर्सन बरालले बागलुङ नगरपालिका–२ का २५ बर्षिय युवा नेपाली सेनाका सैनिक र बरेङ गाउँपालिका वडा नम्बर २ का ३४ बर्षिय पुरुष र वडा नम्बर ३ का २५ बर्षिय पुरुष शिक्षक रहेको बताउनुभयो । उहाँले बानपा–१० का ३४ बर्षिय पुरुष र बरेङ गाउँपालिका–२ का वडा नम्बर ३ का ५४ बर्षिय महिला भारतदेखि आइ पालिकाको क्वारेन्टाइनमा बसेको बताउनुभयो ।

तराईबाट आएका शिक्षकहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन बरालले बताउनुभयो । यस्तै नेपाली सेनाका सैनिकलाई कोरोनाको लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको हो ।

बरेङका संक्रमितहरुलाई गाउँपालिकाले निर्माण गरेको आइसोलेसन कक्ष र बागलुङ नगरपालिकाका संक्रमितहरुलाई बानपा–४ मा रहेको पालिकाको भवनमा निर्माण गरिएको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको फोकल पर्सन बरालले बताउनुभयो ।