नेपाल कम्युनिष्ट पार्टी निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको इन्चार्जमा पुनम खड्का चयन भएका छन् ।

तत्कालिन नेकपा (माओवादी केन्द्र) र नेकपा एमाले पार्टीको एकता भएपछि एकीकरण प्रक्रिया सुरु गरेका भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दीको सह–इन्चार्जमा दिनेश केसीलाई जिम्मेबारी तोकिएको छ ।

नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डको सचिवालयमा समेत बसेर काम गर्नुभएका खड्काले माओवादी जनयूद्धमा बुबा र बहिनीलाई गुमाउनुभएको थियो ।

त्यस्तै सह इन्चार्ज केसी यूवा संघ नेपालको पूर्व अध्यक्ष, खेलकुद विकास समिति म्याग्दीका कोषाध्यक्षको जिम्मेबारी सम्हाल्नुभएको थियो ।

यूवा संघले जिल्ला र स्थानीय तहको जिम्मेबारी समेत टुङ्गो लगाइ सकेको छ । यूवा संघलाई राजनीतिक एजेण्डा सहित सम्रग जिल्लाको विकासमा सघाउने गरी अभियान सञ्चालन गर्ने इन्चार्ज खड्काले बताउनुभयो। पार्टी एकीकरणको भाव सबै युवाहरुमा पु¥याउने किसिमका कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाई छ ।

Leave a Reply