म्याग्दीको धौलागिरी गाउँपालिका-५,बाट विश्वका विभिन्न देशमा छरिएका मल्कबाङ्गबासीले मराङका पहिरो पीडितलाई झण्डै दुई लाख आर्थिक सहयोग गरेका छन् ।

छिमेकी वडालाई पहिरोले तहसनहस बनाएपछि विभिन्न देशबाट १ लाख ८० हजार १ सय २३ रुपैयाँ सहयोग संकलन गरी पठाइएको अभियानका मुख्य संयोजक रबिन्स छन्त्यालले बताउनुभयो ।

‘छिमेकी गाउँमा पहिरोले ठूलो मानवीय क्षती पुगेको छ,‘हामीले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता अनुसार सहयोग जुटाएका छौ’ छन्त्यालले भन्नुभयो ।  अभियान अन्तरगत कतार, साउदी अरव, यूएई, कुवेत, मलेसिया, अमेरिका, जापान र यूकेमा आर्थिक सहयोग संकलन गरिएको थियो ।

सहयोग रकम नेपाल छन्त्याल संघ कास्की दिप प्रारम्भीक कमिटीका अध्यक्ष एवम् समाजसेवी देबेन्द्र घरब्जा छन्त्यालमार्फत मराङका जनप्रतिनिधि, यूवा क्लव, आमा समुह लगायतको उपस्थितीमा हस्तान्तरण गरिने जनाइएको छ । सहयोग अभियानमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइएको छ ।

१) दुबई बाट मल्कबाङ्ग खानीका तारा भलञ्जा छन्त्याल र जितु भलञ्जा छन्त्यालको सकृयतामा आफ्नै कम्पनीको साथीहरूबाट संकलन गरेर पठाएको रकम रु. ३६,६७५/- २) मलेसिया बाट मलम्पार खानीका कृष्ण घरब्जा छन्त्यालको सकृयतामा आफ्नै कम्पनीको साथीहरूबाट संकलन गरेर पठाएको रकम रु. २६,०००/- ३) याम प्रसाद घरब्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल बेलायत “युके”- रु. ७,६००/- ४) चन्द्रबहादुर भलञ्जा छन्त्याल – हाल बेलायत “युके”- रु. ७,६००/- ५) लालबहादुर घरब्जा छन्त्याल – मलम्पार खानी – हाल बेलायत”युके”- रु. ७,६००/- ६) देब सिर्पाली – मल्कबाङ्ग खानी – हाल साउदी – रु. ७,०५८/- ७) बल छन्त्याल – मल्कबाङ्ग खानी – हाल अमेरिका – रु. ७,०००/- ८) मिलन गौचन – मल्कबाङ्ग खानी – हाल जापान – रु. ६,०००/- ९) देक सिर्पाली – मल्कबाङ्ग खानी – हाल मलेसिया – रु. ५,०००/- १०) बोम बहादुर लाम्गडे – मल्कबाङ्ग खानी – हाल साउदी – रु. ५,०००/- ११) गोपाल लाम्गडे – मल्कबाङ्ग खानी – हाल कुवेत – रु. ५,०००/- १२) जंगे सिर्पाली – मल्कबाङ्ग खानी – हाल कुवेत – रु. ५,०००/- १३) रुद्र लाम्गडे – मल्कबाङ्ग खानी – हाल कुवेत – रु. ५,०००/- १४) सङ बहादुर सिर्पाली – मल्कबाङ्ग खानी – हाल मलेसिया – रु. ५,०००/- १५) क्षेत्र घरब्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल कतार – रु. ५,०८८/- १६) रबिन्स घरब्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल कतार – रु. ५,०८८/- १७) सबिन लाम्गडे – मल्कबाङ्ग खानी – हाल साउदी – रु. ५,०००/- १८) रुबास सिर्पाली – मल्कबाङ्ग खानी – हाल साउदी – रु. ५,०००/- १९) याम भलञ्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल दुबई – रु. ५,०००/- २०) गंगा घरब्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल कतार – रु. ४,७७०/- २१) इन रसाइली – मल्कबाङ्ग खानी – हाल कतार – रु. ४,१३४/- २२) बेल मगर – चेचुङ – हाल कतार – रु. ३,१८०/- २३) थमप्रसाद भलञ्जा छन्त्याल – मल्कबाङ्ग खानी – हाल कतार – रु. ३,१८०/- २४) प बहादुर घरब्जा छन्त्याल – चौर खानी – हाल कतार – रु. १,५७५/- २५) देबेन्द्र घ्याप्चन छन्त्याल – मल्कबाङ्ग खानी – हाल कतार – रु. १,५७५/- जम्मा रकम रु. १७९,१२३/- (अक्षरुपि एक लाख उनान असी हजार एक सय तेइस) मध्ये रु. १,१४४.८०/- पैसा पठाउँदा लाग्ने चार्ज काटेर जम्मा रु. १७७,९७८.२०/- (अक्षरुपि एक लाख सतहत्तर हजार नौ सय अठहत्तर र बीस पैसा) मात्रै !

Leave a Reply