व्यावसायिद्धारा अनिश्चितकालीन यातायात ठप्प दर्जनवढि गाविस यातायात विहीन

0

सडक असुरक्षीत भएको भन्दै यातायात व्यावसायिहरु आन्दोलनमा उत्रिएपछि पर्वतको सुदर दक्षिणका केही गाविसवासीहरु शुक्रवार विहानदेखि यातायात विहीन भएका छन् ।
यातायातका साधनहरुवाट जिल्ला विकास समितिले ठेक्का लिएर कर उठाई राखेको तर सडक मर्मतमा कुनै चासो नदेखाएको यातायात व्यावसायिहरुको आरोप रहेको छ । स्याङजा जिल्लाको नौडाडा देखि पर्वतको लुंखुसम्मको वाटो मर्मत नभएपछि व्यावसायिहरु आन्दोलनमा उत्रिएका हुन । उक्त सडकमा पृथ्वी वस व्यावसायि समिति अन्तर्गतका सवारीहरु संचालन हुँदै आएका छन् । उपभोक्ता समिति तथा जिल्ला विकास समितिले सडक मर्मत नगरेको भन्दै यातायात व्यावसायिहरुले सवारीका साधनहरु वन्द गरेका छन् । सडक मर्मत नभएपछि दुर्घटनाहरु वढ्दै गएकोले मर्मत नभएसम्म अनिश्चितकालीन रुमा यातायात वन्द गरेको यातायात व्यावसायि टिकावहादुर भण्डारीले वताउनुभयो ।

दुई दुई पटक सम्म जिल्ला विकास समितिमा सडक मर्मतका लागि डेलीकेशन गएको तर कुनै सुनुवाई नभएपछि यातायात ठप्प पार्नुको कुनै विकल्प नभएको उहाँले वताउनुभयो ।

गत साउनमा व्यावसायिहरुवाट पैसा जम्मा गरेर सडक मर्मत गरी यातायात सुचारु गरेको र डोजर र मजदुरहरुलाई पैसा दिन अझै वाँकी रहेको उहाँको गुनासो रहेको थियो । भण्डारीले सडक मर्मत नभएसम्म अनिश्चितकालीन रुपमा वन्द गरिने वताउनुभएको छ । यातायात सुविधा वन्द भएपछि पर्वत जिल्लाका कार्किनटा लुंखुदेउराली वालाकोट भोक्सीङ फलामखानी लगायत एक दर्जन भन्दा वढि गाविसका वासीन्दाहरु यातायातविहीन भएका छन् । यातायात वन्द भएपछि शुक्रवार विहानेैदेखि लामो तथा छोटो दुरीका यातायातका साधनहरु नचल्दा स्थानीयवासीहरु मारमा परेका छन् ।

-लक्ष्मीप्रसाद सापकोटा