पर्वतमा ट्राफिक प्रहरीको ‘नमस्कार अभियान’

0
पोखराबाट पर्वत जिल्ला छिर्ने नाका डिमुवामा रहेको ट्राफिक चेक पोस्टमा कार्यरत ट्राफिक प्रहरीहरुको अहिले दैनिकी फेरिएको छ । चेक पोस्टमा कार्यरत ट्राफिक प्रहरीहरु अहिले सडकमा निस्किन्छन् अनि सडकमा गुडिरहेका सवारी साधानका चालकलाई नमस्कार गर्दै गन्तब्यमा पठाउँछन् ।

ट्राफिक चेक पोस्टमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम थापाले चालक र आम नागरिकलाई नमस्कार अभियान थालिएको जानकारी दिनुभयो । आमनागरिकसँगको सम्बन्धलाई प्रगाढ बनाउँदै शिष्टता र सभ्यतालाई अनुसरण गर्दै ट्राफिक प्रहरीको सेवा प्रवाहलाई सभ्य र राम्रो बनाउने उद्देश्यले नमस्कार अभियान थालिएको उहाँको भनाई छ ।

अहिले जिल्ला ट्राफिक प्रहरी कार्यलय पर्वतले सम्बन्धित सवारी जाचँहुने ठाउँहरुमा यो अभियानलाई निरन्तरता दिदै आएको छ । ट्राफिक प्रहरीले आमनागरिक माथि हुने गरेको दुव्यर्वहारको आरोपलाई चिर्दै उनीहरुको आचरणमा फरकपन दिनका लागि यो अभियान थालिएको हो ।

आमनागरिकप्रति उत्तरदायी भएर आफ्नो भूमिका निर्वाह गर्न पर्वतका ट्राफिक प्रहरी प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।प्रदेश ट्राफिक कार्यालयको निर्देशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा यो अभियान शुरुवात भईसकेको छ । उक्त निर्देशन जारी भएपछि अधिकांश जिल्लाले यस अभियानलाई व्यवहारमा लागू गरिसकेका छन् ।

यस अभियान अन्तर्गत चौकी, सीमानाका र कार्यालयमा बसेर सेवा प्रदान गर्ने ट्राफिक प्रहरी, कर्मचारीले सेवाग्राहीलाई आदार युक्त सम्बोधन सहित नमस्कार गर्दै तोकिएको कानून बमोजिमको काम सम्पन्न गरी अन्त्यमा पुनः नमस्कार गरेर बिदाइ गर्नुपर्ने प्रावधान रहेको छ ।

चालक र आम नागरिकलाई शिष्टाचार व्यवहार गर्ने अभियान थालेसंगै नियम विपरीत सवारी साधन हाक्न समेत कम भएको थापाले बताउनुभयो । Source: news24nepal.tv

Leave a Reply