पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ सय ७७ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ जना, भक्तपुरमा ६७ जना र ललितपुरमा १०९ जनामा संक्रमण देखिएको हो।

देशभर २१ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा २ हजार ४४ जना कोरोना मुक्त भएका छन्। अहिलेसम्म ८४ हजार ५ सय ७० जनामा संक्रमण भएको छ भने ५ सय २८ जनाको मृत्यु भएको छ।