कोरोना भाइरसको संक्रमणबाट काठमाण्डौमा एक म्याग्देलीको निधन भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका-२ भगवती घर भई काठमाण्डौ बस्दै आउनुभएका ६९ बर्षिय पुरूषको निधन भएको हो ।कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो ।

काठमाण्डौ मेडिसीटि अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा शनिवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक बृद्धाको परिवारका अन्य सदस्यलाई समेत कोरोना देखिएको थियो ।

कोरोनाले यूके र नेदरल्याण्डमा समेत म्याग्देलीको उपचारको क्रममा मृत्यु भएको थियो भने कतारमा कोरोनाको उपचार भइरहेको अवस्थामा एक म्याग्देलीले अस्पतालमै आत्महत्या गरेका थिए ।

यसअगाडी धवलागिरी गाउँपालिकाको ठेगाना भए पनि बसाइसराई गरेर पर्वतको लामाखेत गएका एक परिवारको ४५ दिनको नवजात शिशुको काठमाडौंमा मृत्यु भएकोमा पुरानो ठेगानाअनुरुप नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याग्दीमा एक जनाको मृत्यु कायम गरिदिएको थियो ।

देशका विभिन्न स्थानमा मृत्यु भएपनि सरकारी निकायले जिल्लागत विवरण सार्वजनिक गर्ने गरेको छ ।

Leave a Reply