कोरोना महामारीका कारण यो दसैँमा जो जहाँ छ त्यही बसेर दसैँ मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सनयमित प्रेस ब्रिफिङ गर्दै यस्तो आग्रह गरेका हुन्।  अहिलेसम्म ८६ हजार ८ सय २३ जनामा संक्रमण भएको छ भने ५ सय ३५ जनाको मृत्यु भएको छ।