राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले राज्यले अहिलेको जटिल अवस्थामा सबै प्रति ध्यान दिएको वर्तमान वरिप्रेक्षमा कारागार र त्यहाँ रहेका कैदी बन्दी पनि विशेष निगरानीको स्थानमा रहेको बताएका छन् ।

देशका विभिन्न २७ कारागारको अनुगमनका लागि निस्केर १७ औं कारागार म्याग्दीमा निरीक्षण गरेका पाठकले बन्दीको अवस्था र सेवा सुविधा अनि कोभिडका बारेमा भएका सुरक्षा व्यवस्थाका बारेमा जानकारी लिएका थिए ।

कारागार अनुगमन भन्दा पहिला नागरिक समाज, पत्रकार, सुरक्षा निकाय लगायतका सर्वपक्षीय अन्तरक्रियामा पाठक सहभागी भएका थिए ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जिल्लाको समग्र अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले जिल्लामा कोरोना संक्रमण, रोकथामका लागि गरीएको प्रयास र समग्र जिल्लाको मानवअधिकारको बस्तुस्थीतीका बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्काले यदि संक्रमण बढेकै हो भने हाइप्रोफाइल र अनावश्यक भिडभाड र अनावश्यक भ्रमणले गर्दा जोखिम भएको बताए ।

त्यस्तै सरकारी वकिल कार्यालय म्याग्दीका जिल्ला न्यायाधिवक्ता प्रकाश कोइरालाले न्याय सम्पादन र सजायका सन्दर्भमा सकेसम्म न्यून गिरफ्तार र कैदलाई कम गर्नका लागि प्रयास भएको बताए ।

डिएसपी किरण जंग कुबरले अपराध अनुसन्धान र गिरफ्तारीलाई कम गर्दा ब्यापक अनुसन्धान र हिरासतमा सके सम्म कम राख्ने प्रयासमा जुटेको बताए । २०७२ पछि मानवअधिकार आयोग मात्र नभएर कुनै पनि मानवअधिकार सम्बन्धीका इन्सेक बाहेक अन्य संस्थाले कारागारको अनुगमन गरेका छैनन् ।

Leave a Reply