म्याग्दीको मालिका गाउँपालिकाका बाढीपहिरो पीडितलाई गैर आवासीय नेपाली लक्जेम्बर्गले आर्थिक सहयोग गरेको छ ।

मनसुन सुरु भएयता गाउँपालिका भित्रका विभिन्न् वडामा बाढीपहिरोबाट विस्थापितलाई संस्थाले झलक महत मार्फत उपलब्ध भएको १ लाख १७ हजार रुपैयाँ नेत्रबहादुर महतले गाँउपालिका उपाध्यक्ष खरमायाँ विटालुलाई हस्तान्तरण गरिएको छ।

संस्थामार्फत बिममा ५३ हजार, देविस्थान २८ हजार, निस्कोट २० हजार, दरबाङ १२ हजार र रुममा ४ हजार सहयोग गरिएको संयोजनकर्ता नेत्र महतले बतायनुभयो। उहाँका अनुसार सबै वडामा बाढीपहिरोबाट विस्थापितलाई उक्त सहयोग हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पालिकाका प्रबक्ता एवम् वडा नं १ का अध्यक्ष टंक पुन, वडा नं ५ की अध्यक्ष पिपला बुढा र वडा नं ७ का अध्यक्ष सुविन जुग्जाली लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा उपाध्यक्ष विटालुले आर्थिक सहयोग गर्ने गैर आवासीय नेपाली लक्जेम्बर्ग परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply