म्याग्दीमा नेपाल मार्सल आर्ट ह्याप्पिडो को शाखा गठन भएको छ । बिबेक हमालको अध्यक्षतमा गठन भएको तदर्थ समितिको उपाध्यक्ष अविश्ना शाही, सचिव गणेश हमाल, कोषाध्यक्ष अविशेक बानियाँ रहेका छन् ।

समितिको सदस्यहरुमा बिबेक बानियाँ, कल्याण सुवेदी, अर्जुन छिनाल रहेको नेपाल मार्सल आर्ट ह्याप्पिडो ले जनाएको छ । तदर्थ समिति गठनमा राष्ट्रिय अध्यक्ष कालिबहादुर घर्ती मगर, यूवा नेता सन्तोष रावल लगायतको उपस्थिती रहेको थियो ।

नेपालमा २०७३ सालदेखि संस्था मार्फत हाप्किडो खेलाडीहरुलाई संगठित गरिएको खेलको म्याग्दीमा समेत सम्भावना रहेको अध्यक्ष घर्ती मगरले बताए ।

उनले यो नयाँ खेल समेत भएकाले प्रतियोगिता मार्फत सन्देश छर्न सकिने विश्वास लिएको बताए। हाप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै पर्यटन प्रवद्र्धनमा समेत सघाउने भएकाले कोरोनाको जोखिम टेरेपछि मार्शल आर्टस् हाप्किडो च्याम्पियनसिप राख्न सकिने केन्द्रिय अध्यक्ष घर्तीमगरले बताए ।