प्रगतिशिल ईन्जिनियर्स संगठन नेपाल म्याग्दीको अध्यक्षतामा कृष्ण रिजाल चयन हुनुभएको छ। पेशागत रुपमा संगठित हुने उद्देश्यले गठन भएको संगठनको उपाध्यक्षमा बालकृष्ण बुढाथोकी, सचिब अञ्जन खत्री, कोषाध्यक्षमा सुष्मा पौड्याल, सचिबालय सदस्यहरुमा सुदिप गौतम, विष्णु चापागाँई र विष्णु रिजाल रहेका छन्।

समितिको सदस्यहरुमा रुचेन्द्र अधिकारी, सोबिन घर्ति, घनश्याम रोका मगर, सतिस सुवेदी, जिवन श्रेष्ठ, सुरेन्द्र आचार्य, अभिनय पौडेल, सुजन केसी, बालकुमार रोका, कमल थापा, दिपेश केसी, रुद्र सापकोटा, दिपक सापकोटा, सुनिल बानियाँ रहेको सचिवालय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो ।

संगठनका अध्यक्षले पेशागत मर्यादालाई कायम गदैं सहकार्य र समस्या समाधानमा सक्रिय हुने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष रिजालको सक्रियतामा कोरोना रोकथाम तथा संक्रमणबाट जोगिन सेनिटाईजर टनेलको निर्माण लगायत विभिन्न कामहरु गरिएको थियो ।

Leave a Reply