प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पास भएको छ ।मंगलबार प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत परेको छ भने विपक्षमा ४ मत परेको छ । यस्तै, स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ ।

प्रदेशको स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको कांग्रेसले विरोध गर्दै प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर, मंगलबार भएको मतदानको नतिजा अनुसार भने कांग्रेसका सांसदहरुले पार्टीको हृपीप विपरित मत राखेको देखिएको छ ।