पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार २०९ जनाको पिसिआर गर्दा ३ हजार ४३९ जनामा संक्रमण देखिएको हो।

यस्तै, ११ सय २६ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ।देशभर संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।