दक्षिण कोरियामा रहेको केएमई ट्राभल्स एण्ड टुर्सले आकर्षक अफरसहित चाडवाडमा स्वदेश फर्कन चाहने नेपालीलाई कोरियन एयरको सस्तोमा हवाई टिकट उपलब्ध गराइरहेको छ ।

असहज अवस्थामा समेत केएमई ट्राभल्सले नेपालीहरुलाई सरल, सहज र सुलव सेवा प्रदान गरिरहेको छ ।केएमई ट्राभल्सले आफ्ना सेवाग्राहीलाई दशै अफर ल्याएको छ ।

दशैं अफर अन्तर्गत प्रत्येक उडानमा २ जना यात्रुलाई गोलाप्रथाद्धारा निः शुल्क टिकट उपलब्ध गराइने ट्राभल संचालन गरेका एनआरएन एसिया प्यासिफिक पूर्वउपसंयोजक विनोद कुँवरले बताए । कुँवर दशकौदेखि कोरियालाई कर्मथलो बनाएर व्यवसाय गरेर बसेका छन् । कुँवर हरेक उडानमा नेपालीहरुलाई सहजिकरण गर्नका लागि विमानस्थलमा पुग्ने गरेका छन् ।

म्याग्दीको बेनी नगरपालिका ५ स्थायी घर भई हाल दक्षिण कोरियाका सफल ब्यवसायी समेत रहेका कुँवरले कोरोनाका कारण कोरियामा अलपत्र परेकालाई निशुल्क आवास सहितको सुविधा समेत दिएका थिए ।

एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग

केएमई ट्राभल्स एण्ड टुर्स र दुर्गा ग्रुपले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियालाई एक करोड ६० लाख वन सहयोग गर्ने भएको छ ।

विश्व ब्यापीरुपमा देखिएको कोभिड १९ महामारीका कारण हवाई उडान स्थगित भै नेपाल जान नपाएका र नेपालबाट कार्यस्थल दक्षिण कोरिया फर्कन नसकेका नेपालीहरुलाई कोरियन एयरको चार्डर उडानमार्फत उडान सहजीकरण गर्दै आएको केएमई ट्राभल्सले एनआरएनए कोरियालाई १ करोड ६० लाख वन सहयोग गर्ने गरी सम्झौता गरिसको छ ।

उक्त सहयोग सम्वन्धि सम्झौतापत्रमा केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका कार्यकारी निर्देशक विनोद कुँवर र एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले हस्ताक्षर गरिसकेका छन् ।

दक्षिण कोरियाको झन्डै तिन दशक लामो सामाजिक र ब्यवासायिक यात्रामा साथ र सहयोग गर्ने नेपाली समुदायप्रति सामाजिक उत्तरदायित्व निभाउने क्रममा उक्त सहयोग प्रदान गरिएको केएमई ट्राभल्स तथा दुर्गा ग्रुपका निर्देशक कुँवरले बताए ।

कोरियामा रहेका नेपाली समुदायका विभिन्न अभियानहरुमा साथ र सहयोग गर्दै आएको केएमई ट्राभल्सले आफुले आर्जन गरेको निश्चित मुनाफाबाट १ करोड कोरियन वोन र दुर्गा ग्रुपले एनआरएनए कोरियाको सभाहलको भाडावापत ६० लाख वोन गरेर १ करोड ६० लाख बराबरको सहयोग सहयोग गरेका हुन ।रोजगार मञ्चको सहयोगमा