बागलुङ बालिका अपहरणको आरोपमा दुई जना पक्राउ

0

बागलुङमा स्कुल हिंडेकी एक बालिकालाई अपहरण गरेको आरोपमा दुई युवक पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यलय बागलुङका अनुसार बुधबार विद्यालय जान हिंडेकी एक बालिकालाई जबरजस्ती मोटरसाईकलमा राखेर अपहरण गर्न खोजेको भन्दै काठेखोलाका दुई युवक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा काठेखोला ६ का १९ वर्षिय प्रेम परियार र सोही ठाउँमा २४ वर्षिय सुन्दर बिक छन ।
पक्राउ परेका दुवैजनालाई अपहरण तथा शरिर बन्धक मुद्दामा म्याद थप गरि मुद्दा चलाउने तयारी भएको प्रहरी नायब उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।  tvannapurna.com

Leave a Reply