म्याग्दीको रघुगंगा गाउँपालिका-४, दग्नामका पहिरो पीडितलाई नेपाली कांग्रेस म्याग्दीले नगद एक लाख राहत वितरण गरेको छ । दग्नामका बाढीपहिरो पिडित २४ घरपरिवारलाई गाउँपालिका उपाध्यक्ष कमला तिलिजामार्फत पीडितको क्षतीको बर्गिकरण गरी राहत वितरण गरिएको हो ।

दग्नामका राङ्कुलीबोट, गहिरी गाउँ र माँझी गाउँका विस्थापितलाई क्रमशः दश हजार पाँच सय, छ हजार पाँच सय, दुई हजार पाँच सय र एक हजार पाँच सयका दरले राहत वितरण थियो ।

उक्त राहत वितरण गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, वडा अध्यक्ष एक बहादुर गर्बुजाको उपस्थितीमा वितरण गरिएको थियो । भिरालो जमिन, कमजोर माटोका कारण बस्ती आसपासबाट खसेको पहिरोले खेतीयोग्य जमिन समेत बगेको अवस्थामा प्राप्त राहतले पीडितलाई केही सहज भएको जनता माविका प्रधानाध्यापक गुन पुनले बताउनुभयो ।

Leave a Reply