कालीगण्डकी करिडोरको बेनी–कोरोला सडक खण्डअन्र्तगत मुस्ताङको स्याङ खोलामा मोटरेबल पक्कि पुल निर्माण भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ३ मा पर्ने खोलामा करिडोर आयोजनाले पुल निर्माण गरेको हो ।

पुलको सबै काम सकिएकाले हस्तान्तरणको चरणमा रहेको आयोजनाका इञ्जिनियर असोनी कुमार यादवले बताए । करिडोरको बेनी–कोरोला खण्डमा बनेको यो पहिलो पक्कि पुल हो । १ सय ८६ किलोमिटर खण्डमा थप १८ वटा पक्कि पुल निर्माणाधिन अवस्थामा रहेको यादवले बताए ।

१ सय १५ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुल १० करोड ५० लाख रुपैयाँको लागतमा निर्माण भएको हो । वर्षा याममा खोला बढेर बेनी–जोमसोम खण्डमा सवारी र सर्वसाधारणले खेप्दै आएको सास्ती पुलले अन्त्य गर्ने इञ्जिनियर यादवले बताए ।

‘मुस्ताङमा प्रि–स्टे«स प्रविधिमा बनेको यो पहिलो नमुना पुल हो’ यादवले भने ‘ढलानपछि फलामले सपोर्ट दिनेगरी पुलको डिजाईन गरिएको छ ।’ निर्माणको जिम्मेवारी पाएको मुक्ति अमिट कन्स्ट्रक्सनले बुधबारदेखि सर्वसाधारणका लागि पुल खुल्ला गरिएको जनाएको छ । कम्पनीले आयोजनालाई हस्तान्तरण गरेपछि पुल औपचारिक रुपमा सञ्चालनमा आउने छ ।तस्विरः निरज थकाली /मुस्ताङ

Source:dhorpatannews.com