आज काठमाडौं उपत्यकामा थप १ हजार ४ सय ९ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा १ हजार १ सय १६, ललितपुरमा १ सय ६३ र भक्तपुरमा १ सय ३० जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै, काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।