विदेशबाट फर्किएर एक यूवाले व्यवसायिक बाख्रा पालन थालेका छन् । जापानबाट फर्किएका पर्वतको जलजला गाउँपालिका-६ भोटेडाँडाका पुरुषोतम सुबेदीले गाउँमै बाख्रा पालनमा गरेका हुन् । पाँच वर्ष जापानमा पसिना बगाएर फर्किएर करिब ६ लाखको लगानीमा व्यावसायिक रूपमा बाख्रापालन सुरु गरेका सुबेदीले बताए ।

‘परिवारसँगै सुखदुःख साटासाट गररे काम गर्दा निकै खुसी छु,‘अब विदेश जाने योजना छैन’ सुबेदीले भने । उनले अहिले स्थानीय र उन्नतजातका २४ वटा बाख्रा रहेकोमा १ सय पुर्याउने लक्ष्य रहेको बताए । ‘लगानी समेत थप्दै जाने सोच बनाएको छु,‘बाख्रापालनका बारेमा राम्रो अभ्यासहरु समेत सिक्दै छु’ सुबेदीले भने ।

समाजशास्त्रमा विए पास गरेका सुबेदीले विदेशमा काम अनुसारको दाम भएपनि स्वदेश फर्किएपछि पशुपालन र कृषिमा समेत सम्भावना रहेको बताए ।

‘विदेशमा दुख देखिदैन्,पैसा मात्रै देखिन्छ,‘यहाँ दुख धेरै छ, कमाई थोरै भएपनि सन्तुष्टि मिल्छ’ उनले भने । स्थानीय जातका बाख्राबाट सुरु गरेको ब्यवसायीक पालनलाई विस्तारै बोयरपालनसम्म पुग्ने गरी लगानीको तयारीमा छन् । उनले बार्षिक २० लाखसम्म लगानी गरी ५ देखि ७ लाखसम्म आम्दानीको योजना रहेको बताए । सहुलियतमा कर्जा र अनुदान रकम समेत प्राप्त भएमा विदेशमा रहेका यूवाहरुलाई गाउँमै फर्किएर पशुपालनमा सक्रिय बनाउन सकिने बताए । विदेशको दैनिकीसँग तुलना गर्दा सन्तुष्ट हुन नसकिने बताउँर्दै स्वदेशी लगानीबाटै अगाडी बढ्ने उनले बताए ।

स्थानीय जातका बाख्राको संरक्षण गर्न सकेमा यसबाट मनग्य आम्दानी र फाइदा दुवै लिन सकिने भएकाले उन्नत जातको बाख्रामा लगानी समेत धेरै हुने भएपनि स्थानीय जातको बाख्रा थोरै लगानीमा राम्रो आम्दानी हुने बताए।