शिक्षित युवा र बलिया युवा रोजगारको नाममा विदेश जान रोक्नुपर्छ: मन्त्री ज्ञवाली

0

परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञावलीले देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेकाले त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्ने बताउनुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका ज्ञावलीले तीनै तहका सरकारलाई स्वरोजगारमुखी कार्यक्रममार्फत कृषि, शुपंक्षी पालन लगायतका क्षेत्रमा युवाहरुलाई आकर्षित गराउने खालका कार्यक्रमहरु समेत चलाउन आग्रह गर्नुभएको छ ।

नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञावलीले त्यहाँका सरकारी कार्यलयका प्रमुखहरुसँग सरकारी कार्यालयबाट हुने सेवा प्रवाह सरलसहित प्रभावकारी बनाउन पनि निर्देशन दिनुभएको छ ।

रसुवामा निर्माणाधीन विभिन्न विकास योजना तथा चीनसँगको रसुवागढीको अवलोकन गरेर फर्कने क्रममा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आयोजित अन्तक्र्रियामा मन्त्री ज्ञवालीले सिंहदरबारको अधिकार गाउँगाँउमा पुर्याइसकेकाले त्यसको कार्यान्वयन जिल्लामा रहेका कार्यालयको काँधमा रहेको बताउनुभयो ।

“आर्थिक प्रलोभनमा नपरी सुशासन र पारदर्शीरूपमा सेवा पु¥याउन लाग्नुपर्छ”, उहाँले भन्नुभयो, “जनतालाई सहज सेवा दिन कार्यालयमा नियमित उपस्थित, नरम व्यवहारदेखि अतिरिक्त समय समेत कार्यालयलाई दिएर राज्यको सेवा सरल बनाउनुहोस् ।”

विकास निर्माणका योजना समयमै पूरा गर्नसके देशमा समृद्धि आउने उनको विश्वास छ । विकास निर्माणलगायतका कामसहित सेवा प्रवाहमा राजनीतिक दलसहितका सरोकारवाला निकायसँग सहकार्य गर्नुपर्ने मन्त्री ज्ञवालीको सुझाव छ ।

“देशको शिक्षित युवा अध्ययन र बलिया युवा रोजगारको नाममा विदेश जान बाध्य भइरहेका छन्, त्यसलाई रोक्न सक्ने योजना बनाउनुपर्छ”, उहाँले भन्नुभयो,

Leave a Reply