पछिल्लो २४ घण्टामा ५ हजार ८ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १९ हजार ३२० जनाको पिसिआर गर्दा ५ हजार ८ जनामा संक्रमण देखिएको हो।

यस्तै, १२ सय २९ जना डिस्चार्ज भएक छन्। २४ घण्टामा कोरोनाबाट १४ जनाको मृत्यु भएको छ।देशभर संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ।