बागलुङमा आइतबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । समुदाय स्तरमा कोरोना फैलिएको बागलुङमा कोरोनाको उच्च जोखिम बढ्दै गएको छ ।

बागलुङ का साथै गण्डकी प्रदेशमा  ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागलुङमा नेपाली सेना, प्रहरी, हिरासतमा रहेका एक जना, व्यवसायी र अदालतका कर्मचारी सहित थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

बागलुङको अर्जुनवाण गण घोडाबाँधे व्यारेकका १२ जना, श्री नं। २३ बाहिनी अड्डा बागलुङका १८ नेपाली सेना, एक जना सूनचाँदि व्यवसायी, दुई जना प्रहरी, एक जना थुनुवा र उच्च अदालत पोखरा बागलुङ इजलासका दुई जना कर्मचारी सहित ३६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका बागलुङले जनाएको छ ।
बागलुङ नगरपालिका–२ का व्यवसायी काठमाडौं गएर आएपछि कोरोनाको लक्षण देखिएकोले परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखरा महानगर पालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ । पोखराका एक जना अस्पतालमा कार्यरत पुरुष हुनभने एक महिला नेपाल टेलिकममा कार्यरत कर्मचारी हुन् ।

अरु सबै कन्ट्याक ट्रेसिङमा परेका र भारतबाट आएका हुन् । लमजुङको वेशिसहर गाउँपालिकाका ४ जना र मस्र्याङ्दी गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको । लम्जुङमा ९ जना, गोरखामा ११ र कास्की २३ जनामा कोरोना सक्रमण थपिएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ ।