यसबर्ष चिनको तिब्वतबाट भेडाच्याङ्ग्राको खपत रोकिएसँगै भेडाच्याङ्ग्राको मुल्य ह्वात्तै बढेको छ । कोरोना भाइरसको जोखिमसँगै तिब्वतबाट बर्षेनी भित्रिने २० हजारभन्दा धेरै भेडाच्याङ्ग्रा रोकिएपछि मुस्ताङ र डोल्पाबाट आएको च्याङ्ग्राको मुल्य मुस्ताङमै २८ हजारमा खरिद गरेको ब्यापारीको भनाई छ ।

नियमित भेडाच्याङ्ग्राको ब्यापार गदैं आएका ठूला ब्यापारी अचाक्ली मुल्यका कारण रित्तै फर्किएका छन् भने केही ब्यापारीले महंगोमा खरिद गरेका छन् । ब्यापारीले संख्या घटेपनि नियमित ब्यापारीभन्दा पहिले नै विचौलियाको सक्रियताले गतबर्षभन्दा प्रति च्याङ्ग्रामा ८ हजारसम्म मुल्य बढेको सिन्धुपाल्चोकबाट आएका ब्यापारी अम्मर बहादुर ठकुरीले बताए ।

‘रित्तै फर्किनुभन्दा महंगो भएपनि ल्याउनुपर्ने बाध्यता भयो,‘नियमित ग्राहकलाई पनि पुर्याउन समस्या छ’ ठकुरीले भने । उनका अनुसार सस्तो मुल्यमा खोजी गर्दा नपाएपछि धेरै ब्यापारीले थोरैथोरै ल्याएर आएको बताए । ठकुरीसँगै आएका ब्यापारी विष्णु सुबेदीले बिचौलियाको चलखेलले किसान र उपभोक्ता मारमा परेको गुनासो गरे ।२ सयको हाराहारीमा च्याङ्ग्रा ल्याएको बताए ।

झण्डै १ हजार च्याङ्गा खरिद गर्ने तयारीमा रहेका ब्यापारीले १ सय पनि ल्याउन नसकेको बताउँदै काठमाण्डौमा मुस्किलले मुस्ताङका ४ सय च्याङ्ग्रा समेत पु¥याउन मुस्किल रहेको बताउँछन् ।

मुस्ताङी च्याङ्ग्राको जिउँदो प्रति केजी १ हजार रुपैयाँमा विक्री गर्दा समेत लगानी नउठ्ने नसक्ने अवस्था आएपछि ब्यापारीले चर्को मुल्यमा विक्री गर्नुपर्ने बाध्यता बनेको बताए ।

विगतमा मुस्ताङबाट ल्याइएको भेडाच्याङ्ग्रा सदरमुकाम बेनीमा केहीदिन राखेर विक्री गर्ने ब्यापारीले समेत सिधै सवारीसाधनको प्रयोग गरी पोखरातर्फ लैजाने गरेका छन् ।

दशैंको मुखमै म्याग्दीमा भेडाच्याङ्ग्रा देखिएका छैनन् । म्याग्दीका उपभोक्ताले महंगोमा खरिद गरी उपभोग गर्ने गरेको अवस्थामा धेरैले ग्रामिण क्षेत्रमा रहेका भेडाहरु नै खरिद गर्न थालेका छन् ।

रोज्जा च्याङ्ग्राको मूल्य अन्तिम उपभोक्तासम्म पुग्दा ३८ हजारसम्म विक्री भएको पाइएपनि मुल्य नियन्त्रणमा हस्तक्षेप गर्न सरकारी निकाय असफल भएको छ ।

गतबर्ष मुस्ताङबाट २५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा निर्यात भएकोमा यसबर्ष करिब ४५ प्रतिशतले कमी हुने अनुमान गरिएको छ । हिमाली हावापानी र चिसो वातावरणमा हुर्किएका भेडाच्याङ्ग्राको मासु स्वादिलो मानिन्छ। तिब्वत बाहेक उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका, लो घेकर दामोदरकुण्ड र वारगुङ मुक्ति क्षेत्र गाउँपालिका भेडाच्याङ्ग्राको पकेट क्षेत्र मानिन्छ । माथिल्लो क्षेत्रमा भेडापालाक किसानको आर्कषण बढेपनि चरनक्षेत्र लगायतका समस्याले उत्पादनमा बृद्धि हुन सकेको छैन् ।