म्याग्दी ठेगाना भएको एक जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा म्याग्दी ठेगाना भएका एक पुरुष सहित देशका बिभिन्न भागमा ४ हजार ४७ संक्रमित थपिको जानकारी दिए ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले काठमाण्डौको स्टार हस्पिटलमा म्याग्दी ठेगाना भएका एक जनामा कोरोना पुष्टी भएको बताउनुभयो ।

उहाँले संक्रमति म्याग्दीबाटै गएको वा काठमाण्डौमा बस्ने बारेमा बुझ्ने प्रयास भइरहेको बताउनुभयो । जिल्लाभित्रबाट स्बाब संकलन गरी पठाइएको १० जनाको पिसिआर नेगेटिभ आएको छ भने सोमबार पठाइएको स्बाबको रिर्पोट आउन बाँकी छ ।

पछिल्लो समय म्याग्दीबाट उपचार तथा जिल्ला बाहिरबाट म्याग्दी आउनेमा समेत कोरोना संक्रमण देखिएकाले संक्रमति दुई जना म्याग्दीबाट गएको वा आउने क्रममा पिसिआरमा पोजेटिभ आएको हुनसक्ने बताइएको छ । म्याग्दीबाट उपचारको क्रममा पोखरा गएका दुई महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।