पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५,देविस्थान पनथोकबाट उपचारका लागि पोखरामा गएकी ३५ बर्षिया एक महिलामा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका ७ जनाको पिसिआर नेगेटिभ आएको छ।

गएको असोज १५ गते उपचारको क्रममा पोखरामा पुगेकी महिलामा कोरोना पोजेटिभ देखिएपछि सम्पर्कमा रहेकाको स्बाब संकलन गरी पोखरा पठाइएकोमा सबैको नेगेटिभ आएको देविस्थान स्वास्थ्य चौकीका प्रमुख तेजेन राना मगरले जानकारी दिनुभयो ।

कोरोन संक्रमतिको परिवार र सम्पर्कमा रहेकालाई भेट्न गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका,स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनाराण लम्साल लगायतको टोलीले स्बाब संकलन गरेको थियो । हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारर्थ रहेकी संक्रमतिको अवस्था समान्य छ ।

त्यस्तै बेनी नगरपालिका ७ मंगलाघाटबाट पोखरामा उपचारको क्रममा संक्रमति बृद्धाको सम्पर्कमा रहेकाको समेत स्बाब संकलन गरिने छ । म्याग्दीबाट पोखरामा २ र काठमाण्डौ गएका १ जनामा कोरोना पुष्टी भएको थियो ।