पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको छ । जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष याम बहादूर मल्ललाई कोरोना पुष्टि भएको छ। उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको बताएका छन् ।

स्थानीय जनताको स्वास्थ्य सचेतनामा पुग्दा पुग्दै उनलाई कोरोना पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अबस्थामा सामान्य रहेको बताइएको छ ।जलजला गाउँपालिकामा शनिबार अध्यक्ष मल्ल सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गरिएको थियो ।

परिक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । उनी पनि बिदामा घर आएको बताइएको छ । गाउँपालिकाले शनिबार जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गरि ४४ जनाको श्वाब संकलन गरेको थियो । यो संगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सयय २७ पुगेको छ ।