म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङका एक यूवा २६ दिन आफ्नै साथीको घरमा भेटिएका छन् । लामो समयदेखि आध्यामिक ध्यानमा लागेका सुवास सुबेदी शिवपुरी क्षेत्रमा रहेका साथीलाई भेट्न जाँदा सम्पर्कविहिन भएपछि परिवारले खोजीकार्य सुरु गरेको थियो ।

लामो समयसम्म परिवारको सम्पर्कमा नआएपछि खोजीकार्यको क्रममा बेनीअनलाइन लगायतका विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित गरेपछि बुधबार नुवाकोटको शिवपुरीमा रहेको सुवास तामाङको घरमा सकुशल भेटिएको आफन्तको भनाई उद्धित गदैं यामनाथ सुबेदीले बताए ।

सुवेदीको खोजी कार्य गरिदिनका लागि परिवारले हुलिया सहित नजिकैको प्रहरी चौकीमा जानकारी समेत गराएका थिए। काठमाण्डौको गोगंबुमा बस्दै आएका २८ बर्षिय सुबेदी असोज ३ गतेदेखि बेपत्ता भएका थिए।

सुबेदी आध्यामिक ध्यानको क्रममा लामो समय विभिन्न केन्द्रमा समेत बस्दै आएका छन् । मोवाइल अफ भएपछि खोजीकार्यको क्रममा सम्पर्कमा आएपछि सहयोग गर्ने सबैलाई सुबेदीका परिवारले धन्यवाद दिएका छन् ।